सराङ्गकोटमा विशेष पुजा, शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना गरिदैँ

पाेखरा | मंसिर १२, २०७९

सराङ्गकोटमा विशेष पुजा, शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना गरिदैँ

पोखरा: सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्धारा निर्माण गरिन लागेको विशाल शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना हुने भूमीमा विशेष पुजा गरीएको छ।


श्री राणी सेवा संघ काठमाडौंद्वारा कूलदेवीको रुपमा दुर्गा अवतार त्रिशुल सहित विशेष पुजा गरीएको छ । संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै आएको नेपालको विभिन्न क्षेत्रमा रहेका माडवारी समूहको सामाजिक संस्था राणी सती सेवा संघका महासचिव रामकृष्ण तुलाश्यामले बताए । 


अन्तराष्ट्रिय रुपमा परिचित सराङ्गकोटमा विशाल शिव मन्दिर, भ्यू टावर, बहुउद्धेश्यीय भवनको निर्माण अन्तिम चरणमा रहेको समितिका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए ।


सराङ्गकोटमा जाने पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले पञ्चमुखी गणेशको मूर्ती निर्माण गर्न अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको योजकत्वमा विशाल पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागीएको छ । 


६ करोडको लगानीमा ३० फिट अग्लो मूर्ति भारतमा निर्माण गरिनेछ । अन्नपूर्ण केवलकारको समन्वय तथा पूर्ण लगानीमा निर्माण हुने पञ्चमूखी गणेश मूर्ति निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गरीने योजना रहेको केवलकारका इन्जिनियर सुमेश बास्तोलाले बताए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्